मलेसियामा अभ्यासका क्रममा दुई सैन्य हेलिकप्टर ठोक्किदा १० जनाको मृत्यु
काठमाडाैं | बैशाख ११, २०८१
एजेन्सी: मलेसियामा दुई सैनिक हेलिकप्टर एक आपसमा ठोक्किँदा १० जनाको मृत्यु भएको छ।
९०औं सैनिक दिवस मनाउन अभ्यासरत दुई सैन्य विमान ठोक्किँएको मलेसियाका सञ्चारमाध्यमले जनाएका छन्।
रोयल मलेसियन नेभी परेडका क्रममा एउटा हेलिकप्टर अर्को हेलिकप्टरको पङ्खामा ठोक्किएपछि दुवै हेलिकप्टर जमिनमा खसेका थिए।
एउटा हेलिकप्टरमा सात जना र अर्कोमा तीन जना सवार थिए। हेलिकप्टरमा सवार दश जनाकै ज्यान गएको रक्षा मन्त्रालयले जनाएको छ।
सरकारले दुर्घटनाग्रस्त दुई नौसेना हेलिकप्टरको कारण पत्ता लगाउन एक छानबिन बोर्ड गठन गर्ने जनाएको छ।
पोखरा: गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका पोखरा कार्या...
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

